अब नेपालको आफ्नै भू-उपग्रह

     
              नेपालले अर्को वर्षभित्र आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जापानको एक कम्पनीसँग सम्झौता गरी आफ्नै भू-उपग्रह स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो।

भू-उपग्रहसम्बन्धी अध्ययन÷अनुसन्धान गर्न नास्टले माघ ३ गते जापानको क्युटेक (क्युस इन्स्टिच्युट अफ टेक्नोलोजी) सँग सम्झौता गरेको नास्टका उपकुलपति डा.जीवराज पोखरेलले जानकारी दिए। आजको अन्नपूर्ण पोस्ट दैनिकले यो खबर छापेको छ ।

नास्टले यो इन्स्टिच्युटमा भू-उपग्रहसम्बन्धी अध्ययन गर्न दुई वर्षका लागि दुई जना इन्जिनियरलाई जापान पठाउने भएको छ। नास्टले इलेक्ट्रोनिक इन्जिनियर हरेराम श्रेष्ठलाई जापान पठाउन छनोट गरिसकेको छ भने अर्का एक प्राविधिकको छनोट कार्य जारी राखेको छ।

No comments

Powered by Blogger.