आशा


मन भन्थ्यो आशा नगर
तर म कहाँ मान्थे र,
यति सजिलै उसले मलाई भुल्नै सक्दैन
म मन सङ्ग रिसाएर भन्थे ।
कहि कतै आशाको त्यान्द्रो अल्झिएर
रहेको थियो ममा उसको सन्देश आउनेछ भनेर,,
मेरो मनले जित्यो म हारे मन सङ्ग,
मेरो आशा फगत, मिथ्या साबित भो
तर मनको आवज सच्चा
बनिदियो ॥😊

No comments

Powered by Blogger.